Notification settings The new notifications
Where can I buy a high-power laser pointer
Replylaserpointer Replied • 1 person concerned • 1 replies • 663 views • 2020-08-14 12:17
जापान सरकारले दिने १००,०००円 अनुदान सम्बन्धी जानकारी !
sarojmaharjan Published the article • 0 comments • 760 views • 2020-05-14 14:22
वर्तमान अवस्थामा, आवेदनको प्रकृयाहरु दुइ प्रकारका छन्:
१) स्थानीय वडा कार्यालयले हुलाक मार्फत पठाउने आवेदन फारम भर्ने अथवा
२) अनलाइन मार्फत फारम भर्ने
१) हुलाक मार्फत अनुदान लिने प्रकृया:
अ) प्रकृया:
क) वडा कार्यलयले तपाइको ठेगानामा मुख्य व्यक्तिको नाममा (एक परिवारमा एक जनाको नाममा )फारम पठाउने छ ।
ख) मुख्य व्यक्तिले सम्पूर्ण आवस्यक विवरणहरु भर्नु पर्नेछ।
ग) सबै प्रकृयाहरु पुरा गरि सकेपछि सोहि वडा कार्यलयको ठेगानामा पठाउनु पर्नेछ ।
घ) वडा कार्यलयले पैसा सम्बन्धित बैंकको खातामा पठाउने छ ।
आ) फारम भर्ने सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु:
क) आफ्नो वरपरको व्यक्तिले फारमहरु पाइसक्दा, आफुले अझै किन नपाएको होला?
उत्तर: सर्वप्रथम यसमा चिन्ता लिनुपर्ने कुरा छैन । वडा कार्यालय अनुसार फारम पठाउने मितिहरु पनि फरक फरक हुने हुँदा धैर्य गर्नुहोला । आफ्नो वडा कार्यालय ले कहिले पठाउँछ भन्ने बिषयमा आफु बस्ने वडा कार्यालयको वेबसाइटमा पनि हेर्न सकिन्छ । वेबसाइटमा जापानी , अंग्रेजी लगायत अन्य भाषामा पनि हेर्न सकिन्छ । जस्तै: साइतामाको खावागोए वडा कार्यालय ले आउँदो मे महिनाको अन्तिममा फारम पठाउन सुरु गर्ने कुरा उल्लेख गरिएको छ ।
ख) साथी संग कोठा शेयर गरेर बसेको छु। सबैले फारम पाउँछ कि पाउँदैन होला ?
उत्तर: वडा कार्यालयले पठाउने फारम एक परिवारको एक सदस्यलाइ पठाउने भएको हुँदा साथी संग बसेको खण्डमा सबैले पाउने व्यबस्था छ । परिवारमा बस्नुहुने महानुभावहरुको हकमा भने परिवारको मुख्य व्यक्तिको नाममा मात्र पठाउने भएको ले, मुख्य व्यक्तिले सबैको विवरण भरेर पठाउनु पर्ने छ । तसर्थ सबैले आफ्नो वडा कार्यालयमा आफ्नो ठेगाना दर्ता गराएको हुनुपर्दछ ।
ग) भर्खरै नयाँ ठाउँमा कोठा सरेको छु तर ठेगाना परिवर्तन गराएको छैन, के गर्दा ठिक होला ?
उत्तर: वडा कार्यलयमा गएर तुरुन्तै ठेगाना परिवर्तन गर्नुहोला । साथै वडाको स्टाफ संग परामर्श लिनुहोला ।
घ) के छोटो अवधिको भिषा भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन ?
उत्तर: हजुर मिल्दैन । छोटो अवधिको भिषा भएको जस्तै: टुरिष्ट भिषा हरुको हकमा आवेदन दिन मिल्दैन ।
ङ) वार्ड कार्यलयमा के-कस्तो जानकारीहरु पठाउन आवस्यक छ ?
उत्तर: आवेदन फारम, बैंकको पासबुकको फोटोकपी र जाईर्यु कार्ड अथवा ड्राइभिंङ्ग लाइसेन्सको अगाडी पछाडीको फोटोकपी)
च) के आवेदन मितिको म्याद तोकिएको हुन्छ ?
उत्तर: हजुर हुन्छ । वडा कार्यलयले फारम जारि गरेको मिति बाट ३ महिना भित्र फारम फारम भरेर वडा कार्यलयमा पठाइसक्नु पर्नेछ ।
छ) के भर्खरै जन्मेको नवजात शिशु पनि आवेदनको लागि योग्य छ ?
उत्तर: 2020- 04-27 तरिख अथवा सो भन्दा पछाडीको दिनमा जन्मिएको शिशुहरुको हकमा योग्य छैन ।
ज) के यो अनुदान मृत्यु भएका व्यक्तिहरु पनि लक्षित छन् ?
उत्तर: 2020- 04-27 अथवा यस पछिको अवधिमा देहान्त भएका व्यक्तिहरु पनि यस अनुदानका हकदार हुनेछन् ।
२ ) आनलाइन मार्फत अनुदान लिने प्रकृया:
सर्वप्रथम, अनलाइन आवेदनको लागि [ MY NUMBER CARD ] को आवस्यकता पर्दछ। यदि तपाई संग [ MY NUMBER CARD ] छैन भने तलका सामाग्री हरु बेवास्था गर्नुहोला र वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्नुहोला ।
प्रकृया:
आवेदन प्रकृयाको लागि तलको लिंकमा सिधै क्लिक गर्नुहोस्:
https://kyufukin.soumu.go.jp/j ... .html
आवेदन प्रकृयाको लागि MY NUMBER CARD स्क्यान गर्नको लागि NFC भएको स्मार्टफोन अथवा कम्प्युटरको हकमा कार्ड स्क्यान गर्न उपकरणको आवस्यकता पर्दछ। त्यसकारण अनलाइन आवेदन दिन झन्जटिलो लाग्न पनि सक्दछ । त्यस्ता महानुभावहरुले पनि वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्न सक्नुहुनेछ । 查看全部
वर्तमान अवस्थामा, आवेदनको प्रकृयाहरु दुइ प्रकारका छन्:
१) स्थानीय वडा कार्यालयले हुलाक मार्फत पठाउने आवेदन फारम भर्ने अथवा
२) अनलाइन मार्फत फारम भर्ने
१) हुलाक मार्फत अनुदान लिने प्रकृया:
अ) प्रकृया:
क) वडा कार्यलयले तपाइको ठेगानामा मुख्य व्यक्तिको नाममा (एक परिवारमा एक जनाको नाममा )फारम पठाउने छ ।
ख) मुख्य व्यक्तिले सम्पूर्ण आवस्यक विवरणहरु भर्नु पर्नेछ।
ग) सबै प्रकृयाहरु पुरा गरि सकेपछि सोहि वडा कार्यलयको ठेगानामा पठाउनु पर्नेछ ।
घ) वडा कार्यलयले पैसा सम्बन्धित बैंकको खातामा पठाउने छ ।
आ) फारम भर्ने सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु:
क) आफ्नो वरपरको व्यक्तिले फारमहरु पाइसक्दा, आफुले अझै किन नपाएको होला?
उत्तर: सर्वप्रथम यसमा चिन्ता लिनुपर्ने कुरा छैन । वडा कार्यालय अनुसार फारम पठाउने मितिहरु पनि फरक फरक हुने हुँदा धैर्य गर्नुहोला । आफ्नो वडा कार्यालय ले कहिले पठाउँछ भन्ने बिषयमा आफु बस्ने वडा कार्यालयको वेबसाइटमा पनि हेर्न सकिन्छ । वेबसाइटमा जापानी , अंग्रेजी लगायत अन्य भाषामा पनि हेर्न सकिन्छ । जस्तै: साइतामाको खावागोए वडा कार्यालय ले आउँदो मे महिनाको अन्तिममा फारम पठाउन सुरु गर्ने कुरा उल्लेख गरिएको छ ।
ख) साथी संग कोठा शेयर गरेर बसेको छु। सबैले फारम पाउँछ कि पाउँदैन होला ?
उत्तर: वडा कार्यालयले पठाउने फारम एक परिवारको एक सदस्यलाइ पठाउने भएको हुँदा साथी संग बसेको खण्डमा सबैले पाउने व्यबस्था छ । परिवारमा बस्नुहुने महानुभावहरुको हकमा भने परिवारको मुख्य व्यक्तिको नाममा मात्र पठाउने भएको ले, मुख्य व्यक्तिले सबैको विवरण भरेर पठाउनु पर्ने छ । तसर्थ सबैले आफ्नो वडा कार्यालयमा आफ्नो ठेगाना दर्ता गराएको हुनुपर्दछ ।
ग) भर्खरै नयाँ ठाउँमा कोठा सरेको छु तर ठेगाना परिवर्तन गराएको छैन, के गर्दा ठिक होला ?
उत्तर: वडा कार्यलयमा गएर तुरुन्तै ठेगाना परिवर्तन गर्नुहोला । साथै वडाको स्टाफ संग परामर्श लिनुहोला ।
घ) के छोटो अवधिको भिषा भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन ?
उत्तर: हजुर मिल्दैन । छोटो अवधिको भिषा भएको जस्तै: टुरिष्ट भिषा हरुको हकमा आवेदन दिन मिल्दैन ।
ङ) वार्ड कार्यलयमा के-कस्तो जानकारीहरु पठाउन आवस्यक छ ?
उत्तर: आवेदन फारम, बैंकको पासबुकको फोटोकपी र जाईर्यु कार्ड अथवा ड्राइभिंङ्ग लाइसेन्सको अगाडी पछाडीको फोटोकपी)
च) के आवेदन मितिको म्याद तोकिएको हुन्छ ?
उत्तर: हजुर हुन्छ । वडा कार्यलयले फारम जारि गरेको मिति बाट ३ महिना भित्र फारम फारम भरेर वडा कार्यलयमा पठाइसक्नु पर्नेछ ।
छ) के भर्खरै जन्मेको नवजात शिशु पनि आवेदनको लागि योग्य छ ?
उत्तर: 2020- 04-27 तरिख अथवा सो भन्दा पछाडीको दिनमा जन्मिएको शिशुहरुको हकमा योग्य छैन ।
ज) के यो अनुदान मृत्यु भएका व्यक्तिहरु पनि लक्षित छन् ?
उत्तर: 2020- 04-27 अथवा यस पछिको अवधिमा देहान्त भएका व्यक्तिहरु पनि यस अनुदानका हकदार हुनेछन् ।
२ ) आनलाइन मार्फत अनुदान लिने प्रकृया:
सर्वप्रथम, अनलाइन आवेदनको लागि [ MY NUMBER CARD ] को आवस्यकता पर्दछ। यदि तपाई संग [ MY NUMBER CARD ] छैन भने तलका सामाग्री हरु बेवास्था गर्नुहोला र वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्नुहोला ।
प्रकृया:
आवेदन प्रकृयाको लागि तलको लिंकमा सिधै क्लिक गर्नुहोस्:
https://kyufukin.soumu.go.jp/j ... .html
आवेदन प्रकृयाको लागि MY NUMBER CARD स्क्यान गर्नको लागि NFC भएको स्मार्टफोन अथवा कम्प्युटरको हकमा कार्ड स्क्यान गर्न उपकरणको आवस्यकता पर्दछ। त्यसकारण अनलाइन आवेदन दिन झन्जटिलो लाग्न पनि सक्दछ । त्यस्ता महानुभावहरुले पनि वडा कार्यलयले पठाउने आवेदन फारमको प्रतिक्षा गर्न सक्नुहुनेछ ।
रामेन रेस्टुरेन्टको काम
Nanumaya Replied • 2 person concerned • 1 replies • 827 views • 2019-10-05 11:47
जापानमा फोहोर छुट्याउने/ फ्याक्ने तरिका...
sarojmaharjan Published the article • 0 comments • 1234 views • 2018-06-01 16:47
जापानमा विदेशीले हेर्दा असामान्य लाग्ने फोहोर फाल्ने कडा नियम रहेको छ। फोहोर फाल्नको लागि फोहोरको प्रकार, बार, ठाउँ अनुसार, फोहोर हाल्ने झोलाको किसिमको समेत नियम तोकिएको छ । सामान्यतया नष्ट गर्ने फोहोर, प्रशोधन गरी पुन: प्रयोग हुने फोहोर छुट्याएर फाल्नु पर्नेछ ।
*फोहोरको प्रकार
फोहोर छुट्टयाउने तरिका नगरपालिका अनुसार फरक पर्छ तरपनि सामान्य रुपमा निम्नाअनुसार ५ प्रकारमा छुट्टयाएको छ |
1. जल्ने फोहोर
2. नजल्ने फोहोर
3. पुन: प्रयोग गर्न सक्ने फोहोर
4. थोत्रो फोहोर (ठुलो किसिमको कवाडी फोहोर)
5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री
1. जल्ने फोहोर
「खानेन(जल्ने)」भन्ने शब्दबाट नै बुझ्ने गरी 「बल्ने फोहोर」लाई जनाएको छ |
• कागजपत्र
• काठको भुस
• लत्ताकपडा
• टालो
• किचेनबाट निस्किने फोहोर आदि रहेको छ |
# तर, कागजपत्र भित्र पर्ने भए पनि पत्रिका र प्याकिंग गर्ने कागज, बिज्ञापनपत्र, कार्टुन बक्स आदि पुरानो कागजपत्रको रुपमा निकाली पुनः प्रयोग गर्ने गरिन्छ |
2. नजल्ने फोहोर
नजल्ने फोहोर भन्नाले नबल्ने बस्तु जुन प्रशोधन गरी पुनः प्रयोग गर्न नसक्ने फोहोरलाई जनाउछ |
• भाँडाकूँडा (फुटेको थाल, कचौरा, फुलदानी, गमला आदि)
• स्प्रेको क्यान बोतोल
• बत्तीको चिम
• धातुजन्य बस्तु
• स-साना बिद्युतिय सामग्री
आदि रहेको छ
3. पुन: प्रयोग गर्न सक्ने फोहोर
पुन: प्रयोग गर्न सक्ने फोहोर भन्नाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउन सक्ने फोहोरलाई जनाउछ |
• खाली क्यान
• खाली सिसाको बोतोल
• प्लाष्टिक बोतोल
• पत्र पत्रिका
• कार्टुन बक्स
• ब्याट्री
• प्याकिंग गर्ने कागज (दुधको प्याकेट) आदि रहेको छ |
पुन: प्रयोग गर्न सक्ने खाली क्यानको रुपमा फाल्ने फोहोर, जूस आदिको क्यान र मिठाईको क्यान आदि जस्ता क्यानहरु पर्दछ |
* खाने तेलको खाली टिन चाहिँ नजल्ने फोहोरमा पर्छ |
पत्रिका र म्यागजिन छुट्याएर फाल्न, निकाल्ने गरौ |

नजल्ने फोहोरको रुपमा उठाउन नसक्ने ठुलो खालको फोहोरलाई नगरपालिकाले जारी गरेको टिकट टाँसेर, फोन वा इन्टरनेटबाट सम्पर्क गरी फोहोर उठाउन लगाउनुपर्छ
फोहोर उठाउन टिकट नजिकको कोंन्बिनी स्टोरहरु बाट पनि सजिलै खरिद गर्न सकिने छ जसको १ वटाको मुल्य २०० येन देखि १००० येन सम्म लाग्छ |
• रयाक तथा दराज आदि जस्ता फर्निचरको सामानहरु
• कुर्सी तथा सोफा
• टेबुल
• सिरक र ब्ल्यान्केट
• बेबी बेड
• साइकल, तिन पांग्रे बाइक, एक पांग्रे साइकल
• सर्फबोर्ड आदि जस्तो खेलकुद सामाग्री
• संगीत साधनहरु
• स्टोप वा फ्यानहिटर (बर्नर चाहिँ निकालि राख्नु) आदि रहेको छ |
5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री:
AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि जास्ता प्रशोधन गर्नुपर्ने फोहोरहरुलाई प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री भनिन्छ |यस्तो फोहोर फाल्न प्रशोधन शुल्क बापत प्रति गोटा २००० येन देखि ५००० येन सम्म पर्न जान्छ |
प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री फाल्ने तरिका
प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि फाल्न बिशेष किसिमको तरिका तोकिएको छ |तलको कुनै एक तरिका अनुशार यस्ता फोहोर फाल्ने गर्नुहोस |
किनेको डिलरले नै संकलन गर्ने तरिका
फाल्नुपर्ने ठुला बिद्युतीय सामाग्रीलाई किनेको पसलमा नै अर्को नयाँ किन्दा पुरानो फिर्ता गराउने गरिन्छ | पसल अनुशार पुरानो समान फिर्ता लिने कुरा फरक पर्ने भएकोले लिने/नलिने पत्ता लगाउनुहोस |
हुलाकबाट फोहोरको शुल्क ट्रान्सफर गर्ने तरिका
हुलाक कार्यलयमा गएर खादेन रिसईकल टिकट (शुल्क हुलाकबाट ट्रान्सफर गर्ने तरिका) भन्ने पत्रमा महत्वपूर्ण जानकारी भर्नु पर्छ | फर्म भर्नु भन्दा अगाडी JP बैंकको प्रवेशद्वारमा प्रशोधन शुल्क तिर्नुपर्छ |
प्रयोग गर्न नमिल्ने ठुलो बिद्युतीय सामग्री रिसाइकलिङ टिकट टाँसी नजिकको फोहोर फाल्न तोकिएको ठाउँमा फालौ |
फोहोर फाल्ने ठाउँबारे जानकारी यो लिंक: http://www.kaiketsukr.com/areasearch/ बाट लिनुहोस् |
Source: namastenippon.net
查看全部
जापानमा फोहर फाल्ने ठाउँमा फोहर फाल्दा पनि ध्यान दिनुपर्ने कुराहरु धेरै हुन्छ र नियम बमोजिम फोहर नफालेमा चेतावनीको नोटिस दिएर अथवा सिधै जरिवाना लगाउन पनि सक्छन । प्राय जसोले सोच्नु होला कि फोहर फाल्ने ठाउँमा अपार्टमेन्टमा बस्ने सबैले फालेका हुन्छन कसरी थाहा हुन्छ कि कुन फोहर कसले फलेको भनेर । तर यसमा विचार गर्नु पर्ने कुरा के छ भने प्राय फोहर फाल्दा प्लास्टिकमा फालिएको हुन्छ र अर्को कुरा फोहर फाल्दा हामीले हाम्रो नाममा विभिन्न कागज पत्रहरु पनि फालिरखेका हुन्छम जस्तै : सामान डेलिभरीको कागज , सियाकुस्यो / कुयाकुस्यो बाटआउने होकेन, इन्सुरेन्सको कागजपत्र आदि । त्यसै कारण फोहर फाल्दा पनि सजकता अपनाएर मात्र फाल्ने बानी बसालम। भन्नाको तात्पर्य जरिवाना हुन्छ भनेर मात्र फोहर ब्यबस्थापन गर्ने नभएर यो भनेको आफ्नो सभ्यताको परिचय पनि हो जस्तो लाग्दछ ।
जापानमा विदेशीले हेर्दा असामान्य लाग्ने फोहोर फाल्ने कडा नियम रहेको छ। फोहोर फाल्नको लागि फोहोरको प्रकार, बार, ठाउँ अनुसार, फोहोर हाल्ने झोलाको किसिमको समेत नियम तोकिएको छ । सामान्यतया नष्ट गर्ने फोहोर, प्रशोधन गरी पुन: प्रयोग हुने फोहोर छुट्याएर फाल्नु पर्नेछ ।
*फोहोरको प्रकार
फोहोर छुट्टयाउने तरिका नगरपालिका अनुसार फरक पर्छ तरपनि सामान्य रुपमा निम्नाअनुसार ५ प्रकारमा छुट्टयाएको छ |
1. जल्ने फोहोर
2. नजल्ने फोहोर
3. पुन: प्रयोग गर्न सक्ने फोहोर
4. थोत्रो फोहोर (ठुलो किसिमको कवाडी फोहोर)
5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री
1. जल्ने फोहोर
「खानेन(जल्ने)」भन्ने शब्दबाट नै बुझ्ने गरी 「बल्ने फोहोर」लाई जनाएको छ |
• कागजपत्र
• काठको भुस
• लत्ताकपडा
• टालो
• किचेनबाट निस्किने फोहोर आदि रहेको छ |
# तर, कागजपत्र भित्र पर्ने भए पनि पत्रिका र प्याकिंग गर्ने कागज, बिज्ञापनपत्र, कार्टुन बक्स आदि पुरानो कागजपत्रको रुपमा निकाली पुनः प्रयोग गर्ने गरिन्छ |
2. नजल्ने फोहोर
नजल्ने फोहोर भन्नाले नबल्ने बस्तु जुन प्रशोधन गरी पुनः प्रयोग गर्न नसक्ने फोहोरलाई जनाउछ |
• भाँडाकूँडा (फुटेको थाल, कचौरा, फुलदानी, गमला आदि)
• स्प्रेको क्यान बोतोल
• बत्तीको चिम
• धातुजन्य बस्तु
• स-साना बिद्युतिय सामग्री
आदि रहेको छ
3. पुन: प्रयोग गर्न सक्ने फोहोर
पुन: प्रयोग गर्न सक्ने फोहोर भन्नाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउन सक्ने फोहोरलाई जनाउछ |
• खाली क्यान
• खाली सिसाको बोतोल
• प्लाष्टिक बोतोल
• पत्र पत्रिका
• कार्टुन बक्स
• ब्याट्री
• प्याकिंग गर्ने कागज (दुधको प्याकेट) आदि रहेको छ |
पुन: प्रयोग गर्न सक्ने खाली क्यानको रुपमा फाल्ने फोहोर, जूस आदिको क्यान र मिठाईको क्यान आदि जस्ता क्यानहरु पर्दछ |
* खाने तेलको खाली टिन चाहिँ नजल्ने फोहोरमा पर्छ |
पत्रिका र म्यागजिन छुट्याएर फाल्न, निकाल्ने गरौ |
4. थोत्रो फोहोर (ठुलो किसिमको कवाडी फोहोर)
नजल्ने फोहोरको रुपमा उठाउन नसक्ने ठुलो खालको फोहोरलाई नगरपालिकाले जारी गरेको टिकट टाँसेर, फोन वा इन्टरनेटबाट सम्पर्क गरी फोहोर उठाउन लगाउनुपर्छ
फोहोर उठाउन टिकट नजिकको कोंन्बिनी स्टोरहरु बाट पनि सजिलै खरिद गर्न सकिने छ जसको १ वटाको मुल्य २०० येन देखि १००० येन सम्म लाग्छ |
• रयाक तथा दराज आदि जस्ता फर्निचरको सामानहरु
• कुर्सी तथा सोफा
• टेबुल
• सिरक र ब्ल्यान्केट
• बेबी बेड
• साइकल, तिन पांग्रे बाइक, एक पांग्रे साइकल
• सर्फबोर्ड आदि जस्तो खेलकुद सामाग्री
• संगीत साधनहरु
• स्टोप वा फ्यानहिटर (बर्नर चाहिँ निकालि राख्नु) आदि रहेको छ |
5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री:
AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि जास्ता प्रशोधन गर्नुपर्ने फोहोरहरुलाई प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री भनिन्छ |यस्तो फोहोर फाल्न प्रशोधन शुल्क बापत प्रति गोटा २००० येन देखि ५००० येन सम्म पर्न जान्छ |
प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री फाल्ने तरिका
प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि फाल्न बिशेष किसिमको तरिका तोकिएको छ |तलको कुनै एक तरिका अनुशार यस्ता फोहोर फाल्ने गर्नुहोस |
किनेको डिलरले नै संकलन गर्ने तरिका
फाल्नुपर्ने ठुला बिद्युतीय सामाग्रीलाई किनेको पसलमा नै अर्को नयाँ किन्दा पुरानो फिर्ता गराउने गरिन्छ | पसल अनुशार पुरानो समान फिर्ता लिने कुरा फरक पर्ने भएकोले लिने/नलिने पत्ता लगाउनुहोस |
हुलाकबाट फोहोरको शुल्क ट्रान्सफर गर्ने तरिका
हुलाक कार्यलयमा गएर खादेन रिसईकल टिकट (शुल्क हुलाकबाट ट्रान्सफर गर्ने तरिका) भन्ने पत्रमा महत्वपूर्ण जानकारी भर्नु पर्छ | फर्म भर्नु भन्दा अगाडी JP बैंकको प्रवेशद्वारमा प्रशोधन शुल्क तिर्नुपर्छ |
प्रयोग गर्न नमिल्ने ठुलो बिद्युतीय सामग्री रिसाइकलिङ टिकट टाँसी नजिकको फोहोर फाल्न तोकिएको ठाउँमा फालौ |
फोहोर फाल्ने ठाउँबारे जानकारी यो लिंक: http://www.kaiketsukr.com/areasearch/ बाट लिनुहोस् |
Source: namastenippon.net
HOW TO USE YOUR JAPANESE AC REMOTE CONTROL....
Replysarojmaharjan Post • 1 person concerned • 0 replies • 3214 views • 2018-04-05 13:27
Dependent Visa Procedure !!
sarojmaharjan Published the article • 0 comments • 1314 views • 2018-04-03 10:36
१.सुरुसुरुमा आउदा आतिने:
जापान आउदा सुरुसुरुमै काम नपाउनु र साथै यहाको मौसम हावापानी,जीवनशैली नेपालको भन्दा फरक पर्ने हुनाले आत्तिनु स्वोभाभिक हो तर काम पाउदा भने सबै एकैचोटी पर्ने र आउने पैसाको भने एउटै खातामा रेकर्ड राखेको देखियो ।
२.कम्तिमा २वटा बैंक को खाता खोल्ने:
बैंकको खाता खोल्दा कम्तिमा मा पनि २ वटा बैंक को खोल्नु होला एउटामा चाही २८ घण्टा भन्दा बडी ननाघेको तलब र संगसंगै आफ्नो घर भाडा,पानी,बिजुली,ग्यास र टेलिफोनको खर्च रहने विवरण त्यसमा राख्नु होला ।
३.६ महिनामा एकचोटी नेपाल बाट पैसा मगाउनु होला:
तपाइले जापानमा जति सुकै काम गर्नु भएपनि ६,६ महिनामा नेपाल बाट पैसा मगाउनु होला बरु यसको लागि आफुले कमाएको पैसा नेपाल पठाएर फेरि मगाउनु सक्नु हुनेछ यसो गर्दा भिषा थप गर्दा र डिपेनडेन्ट भिषाको लागि निकै नै राम्रो हुनेछ ।
४.आफु पढेको गाक्को सकेसम्म १००%हाजिर हुनुहोला:
जे जस्तो परिस्थिति भएता पनि आफु पढेको गाक्को सकेसम्म नछुटाऊनु होला ।बिरामी परेको खण्डमा भने नजिकको अस्पताल जानुभई प्रमाण लिएर गाक्कोमा दिनु होला ।
५.ट्याक्स तिर्नु होला:
जापान रहनु अवधिभर सकेसम्म तपाइले जापानको आफ्नो ट्याक्स तिर्नु होला।
६.बैंक को खातामा बचत रकम सुरक्षित राख्नु होला:
नेपालबाट पैसा पठाउदा बढी रकम देखाउनु होला (लगभग १०लाख नेपाली रुपैया सुनिस्चित राखी ) सहि समयमा डिपेनडेन्ट भिषाको प्रोसेस गर्नु होला त्यो बिचमा रकमलाई नचलाउनु होला ।
७.राम्रो वकिल संग सल्लाह लिनु होला:
यदी तपाई आफैमा बिस्वस्त हुनुहुन्छ भने तपाई आफैले पनि टोक्यो इमिग्रेशन जानु भइ प्रोसेस गर्नु सक्नु हुनेछ होइन भने नजिक को भरपर्दो राम्रो वकिल संग सरसल्लाह लिनु होला । 查看全部
बढ्दो समयको परिवर्तन संगै जापानमा भित्रिने नेपालीहरुको संख्या पनि दिनानुदिन बढ्दो छ । यसै क्रममा जापानमा हाल सबैभन्दा बडी मात्रामा भित्रिने नेपालीहरुमा भने स्टुडेन्ट भिषा रहेको तथ्यांक पाइएको छ । गत वर्षको तथ्यांक अनुसार कुल २२,९६७ जना रहेको पाइन्छ । समय र जापानको जीवनशैली को माग संग संगै स्टुडेन्ट भिषामा डिपेनडेन्ट बोलाउने क्रमपनि बढ्दो रुपमा देखिएको छ तर डिपेनडेन्ट भिषा पाउन भने निकै नै गार्हो छ लगभग भन्नु पर्दा १००मा १० प्रतिशतले मात्र पाएको छ।अझ यो भन्दा, न्युन नै होला । यस विषयलाई गम्भीर रुपमा अध्ययन गर्दा हामीले निम्न कारणहरु पायॊ
१.सुरुसुरुमा आउदा आतिने:
जापान आउदा सुरुसुरुमै काम नपाउनु र साथै यहाको मौसम हावापानी,जीवनशैली नेपालको भन्दा फरक पर्ने हुनाले आत्तिनु स्वोभाभिक हो तर काम पाउदा भने सबै एकैचोटी पर्ने र आउने पैसाको भने एउटै खातामा रेकर्ड राखेको देखियो ।
२.कम्तिमा २वटा बैंक को खाता खोल्ने:
बैंकको खाता खोल्दा कम्तिमा मा पनि २ वटा बैंक को खोल्नु होला एउटामा चाही २८ घण्टा भन्दा बडी ननाघेको तलब र संगसंगै आफ्नो घर भाडा,पानी,बिजुली,ग्यास र टेलिफोनको खर्च रहने विवरण त्यसमा राख्नु होला ।
३.६ महिनामा एकचोटी नेपाल बाट पैसा मगाउनु होला:
तपाइले जापानमा जति सुकै काम गर्नु भएपनि ६,६ महिनामा नेपाल बाट पैसा मगाउनु होला बरु यसको लागि आफुले कमाएको पैसा नेपाल पठाएर फेरि मगाउनु सक्नु हुनेछ यसो गर्दा भिषा थप गर्दा र डिपेनडेन्ट भिषाको लागि निकै नै राम्रो हुनेछ ।
४.आफु पढेको गाक्को सकेसम्म १००%हाजिर हुनुहोला:
जे जस्तो परिस्थिति भएता पनि आफु पढेको गाक्को सकेसम्म नछुटाऊनु होला ।बिरामी परेको खण्डमा भने नजिकको अस्पताल जानुभई प्रमाण लिएर गाक्कोमा दिनु होला ।
५.ट्याक्स तिर्नु होला:
जापान रहनु अवधिभर सकेसम्म तपाइले जापानको आफ्नो ट्याक्स तिर्नु होला।
६.बैंक को खातामा बचत रकम सुरक्षित राख्नु होला:
नेपालबाट पैसा पठाउदा बढी रकम देखाउनु होला (लगभग १०लाख नेपाली रुपैया सुनिस्चित राखी ) सहि समयमा डिपेनडेन्ट भिषाको प्रोसेस गर्नु होला त्यो बिचमा रकमलाई नचलाउनु होला ।
७.राम्रो वकिल संग सल्लाह लिनु होला:
यदी तपाई आफैमा बिस्वस्त हुनुहुन्छ भने तपाई आफैले पनि टोक्यो इमिग्रेशन जानु भइ प्रोसेस गर्नु सक्नु हुनेछ होइन भने नजिक को भरपर्दो राम्रो वकिल संग सरसल्लाह लिनु होला ।
जापानमा नेपालीहरूको आपराधिक गतिबिधी:
Replysarojmaharjan Post • 1 person concerned • 0 replies • 2704 views • 2018-04-02 10:32
जापानमा विभिन्न भिषामा भइराखेको समस्याहरु: ....(Part 2)
sarojmaharjan Published the article • 0 comments • 2470 views • 2018-03-29 17:08
ट्रेनिङ्ग, डिपेन्डेन्ट, रिफ्यूजी, ओभर स्टेमा बस्नेहरूको समस्या :
ट्रेनिङ्ग भिषामा आउने हरुको समस्या:
हाल आएर जापानमा कृषि क्षेत्रमा ट्रेनिङ भिषामा आउन पाउने सिस्टम बनेको छ । ट्रेनिङ भिषामा जापानमा आउन पैसा लाग्दैन । टिकटको पैसा पनि जापान को कम्पनिले पठाएको हुन्छ तर नेपालमा श्रम स्वीकृती र म्यानपावर हुँदै आउनु पर्ने भएकोले ट्रेनिङ्ग भिषामा आउने नेपालमै दलाल , र दलाल माथीका दलाल हुँदै ५ देखि १० लाखमा फसिसकेको हुन्छ । यहाँ ल्याउने कृषि कम्पनि ले त ट्रेनिङ्ग को लागि फ्रिमा टिकट,अनि गास बासको समेत प्रबन्ध गर्ने हुनाले महिनाको ७० हजार देखि १ लाख भन्दा दिँदैन तर नेपालमै दलाल, अनि दलाल माथीको दलाल गर्दै आउने हुनाले जापान टेक्ने दिन सम्म १०-१२ लाख उसको रिण पुगिसकेको हुन्छ । अनि उसले कमाउने ७० , ८० हजारले फोन को खर्च तिरी केहि बचाई नेपालको रिण तिर्ने पहल गर्छ तर नेपालमा गरेको रिण तिर्दा तिर्दै जापानमा बस्ने अबधी सकिन्छ ।
डिपेन्डेन्ट भिषामा आउनेहरूको समस्या:
जापानमा डिपेन्डेण्ट भिषामा आउने भनेको जापानमा कानुनी रूपमा बस्दै आएका र आम्दानी को श्रोत भएका (जापानमा परिवार ल्याएर पाल्न सक्ने स्टाटस भएको प्रमाण हुनेहरू) का श्रीमती र छोराछोरी र बाबु-आमाहरूहुन। तर प्रायजसोको बाबु-आमा लाई ल्याएर जापानमा पालेको देखिदैन । डिपेन्डेण्ट भिषामा जापानमा आउने हरूको मूख्य समस्या भनेको शिक्षा र भाषा को हो । अनि काम गर्ने समयमा लगाइएको प्रतिबन्ध हो । बिधार्थीहरू लाई झै डिपेण्डटेण्ट मा आउनेहरूले पनि काम गर्न पाउने समय भनेको हप्ताको २८ घण्टा हो । यदि २८ घण्टा भन्दा बढि कसैले कहि काम गरेको थाहा भयो भने त्यो गैर कानुनी हुन्छ र जापानको प्रशासन र इमिग्रेशनले कार्वाही गर्छ । जबकि भिषा रद्द गरी नेपाल फर्काइने केश पनि धेरै छ ।
रिफ्यूजी हुनेहरूको समस्या:
अहिले जापानमा कुनै पनि भिषामा जापानमा कानुनीरूपमा बस्न नसक्ने अवस्था भएपछि अन्तिम अवस्था को एक उपाए भनेको रिफ्यूजी (शरणार्थी ) भिषामा निवेदन दिनु भएको छ। शरणार्थीमा निवेदन हाल्दैमा जापानमा काम गर्न र बस्न पाइन्छ भन्ने होइन। शरणार्थीमा निवेदन दिएपछि निवेदन दिने निवेदक शरणर्थी हो कि होइन भन्ने कुरा को अनुसन्धान गर्ने र निर्णय गर्नेबेला सम्म दिइने अस्थाइ बसोबास को अनुमती पत्र हो। यदि जापानको इमिग्रेशन र न्याय बिभाग ले कुनै पनि शरणार्थी को निवेदन को छानबिनको क्रममा ६ महिना भन्दा बढी समय लागेमा केश फाइनल हुने बेला सम्म ६ महिना कटेको खण्डमा काम गर्न पाउने एउटा अनुमती पत्र दिन्छ । केश फाइनल हुन कम्तीमा ६ महिना देखि बढीमा ५ बर्ष सम्म लाग्ने गर्दछ । नेपालीहरूले यसलाई नै रिफ्यूजी भिषा भनी परिभाषित गरेका छन । हाल सम्म जापानमा नेपाली हरूले शरणार्थी को भिषा पाएकोभन्ने सुनिन आएको छैन। नेपालीहरूले शरणार्थीको परिभाषा नै नबुझीकन शरणार्थीमा पस्ने प्रवृतीले गर्दा यो क्षेत्रमा बिबिध समस्याहरू देखिदै आएकोले अब जापान सरकारले वास्तविक र निर्धारित प्रमाण भएको डकुमेन्ट बिना निवेदन नस्वीकार्ने तिर गृहकार्य शुरू गरेको छ र रिफ्यूजीहरूलाई निवेदन दिएको ६ महिना भित्र वर्क परमिट दिने सिस्टम पनि निकट भबिष्यमा खारेजीको अभियान शुरू गर्दैछ भन्ने पनि हल्ला बाहिर आएको छ ।
ओभर स्टेमा बस्नेहरूको समस्या:
आजभन्दा १०, १५ वर्ष अगाडी जापानमा ओभरस्टेहरू पनि प्रशस्तै भेटिन्थे तर हाल आएर जापानको प्रशासनिक कडाइ गरी उनीहरूलाई समातेर नेपाल फर्काउने अनि नेपालीहरू बिधार्थी भिषा, कुक भिषा , डिपेन्डेण्ट भिषा, ट्रेनिङ्ग भिषामा जापान भित्रिने लहर बढेपछि ओभरस्टे बस्नेहरूको संख्यामा कमी हुँदै आएको पाइएको छ । ओभर स्टे बस्नेहरूलाई जापानमा कानुनी रूपमा कुनै कम्पनि ले पनि काम दिन मिल्दैन । पहिल्यै देखि गर्दै आएकाहरूले गाँऊ वा कुना काप्चामा लुकिछिपि कठिन काम गरिरहेका केहि भए पनि अब त्यो अवस्था छैन । भिषा नभएपछि जापानमा इन्स्यूरेन्स (बिमा) हुदैन । इन्स्यूरेन्स नभएपछि दुख बिमार हुँदा औषधोपचार गर्न सक्ने अबस्था हुँदैन। अनि कतिपय मानिसहरू बिमार लाई खपि खपि बस्दा यसै मरिरहेका छन भने कतिपय चेक अप नै नगरी नेपालबाट औषधी मगाएर खाने गरेका छन । बिमार नै पत्ता नलगाई अन्धोधन्द औषधी सेवन गर्नाले पनि मानीसहरूको शरीर दिन प्रति दिन बिग्रदै गइरहेको छ । भिषा नभएपछि स्वतन्त्र रूपमा बाहिर हिडडूल गर्न पनि सक्दैन । अनि जापानको कम्पनिले भिषा नभइ काम पनि नदिने हुँनाले चाइनीज या नेपाली दलाल हरूलाई पैसा दिएर नक्कली रेसिडेन्ट कार्ड बनाई कम्पनीलाई छक्काएर काम गर्नेहरू पनि निकै छन । यस्ता हरूलाई अहिले जापानको पुलिसले निकै नै निगरानीका साथ कार्बाही गरिरहेको छ ।
जापानमा विभिन्न भिषामा भइराखेको समस्याहरु: ....(Part 1) को लागि: http://8n8np.com/question/319
स्रोत:

जापानमा विभिन्न भिषामा भइराखेको समस्याहरु: PART 1
Replysarojmaharjan Post • 1 person concerned • 0 replies • 1973 views • 2018-03-29 10:56
आइफोनमा नेपाली टाइप सजिलो रूपमा गर्नु परेमा !!!
Replysarojmaharjan Post • 1 person concerned • 0 replies • 2385 views • 2018-03-27 09:10