जापानमा नेपालीहरूको आपराधिक गतिबिधी:

14ecdbb10856d0e6fe793084536a5fb0.jpg

जापानमा नेपालीहरूको आपराधिक गतिबिधी:
अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध हो ।कतिपय नेपालीहरूलाई त अपराध भन्ने शब्दको अर्थ  नै थाहा छैन । नेपालको सन्धर्भमा भन्ने हो भने अपराध भन्ने बित्तीकै हत्या हो भन्ने कुरा हाम्रो दिमागमा हुन्छ । हत्या भन्ने कुरा अपराध भित्रको एउटा हाँगा मात्र हो । हत्या भनेको हजारौ अपराध भित्र पर्ने एक अपराध हो । नियम र कानुन देश अनुसार फरक फरक हुन्छ ।जुनै पनि देशमा नियम-कानुन बनाउने बेलामा त्यो देशको  देशवासीहरूको रितिरिवाज , धर्म, सँस्कृति जाती  वा परम्पराहरूलाई पनि मध्यनजर गरी निर्धारण गरिएको हुन्छ । त्यसैले हामी जुन देशमा गए पनि त्यो देशको बारेमा अलिकति भए पनि ज्ञान लिएर जानु उपयूक्त हुन्छ । कतिपय कुराहरू हाम्रो देशमा सामान्य लाग्ने  कुराहरू बिदेशमा अपराध हुन जान्छ ।

नेपालमा जो सुकैले सामान्य र पचाउन सक्ने कुरा जापानमा ठूलो अपराध पनि हुन जान्छ । जस्तै नेपालमा हाम्रो गाउँघरमा टोल छिमेकमा कुनै रूखको पात टिप्नु , हाँगा भाच्नु सामान्य कुरा हो । तिहारको बेलामा बाटोघाटोमा फुलेका फूल टिपेर सुघ्नु हामी नेपालीहरूको लागि सामान्य कुरा हो । यसमा कसैले ध्यान पनि दिदैँन र यस्ता कुराहरूलाई कानुनले पनि समेटेको पाइँदैन तर जापान अर्काको घरमा रोपेको फूलको त कुरै छोड्नुहोस। चाहे त्यो पार्कमा हुर्केको रूख वा फुलेको फूल नै किन नहोस, कसैले बिना स्वीकृति टिप्यो या भाच्यो भने त्यो पनि ठूलो केश बन्छ र जापानको पुलिसको थानामा थुनिएर बस्नु देखि लिएर केश समाप्त नहुँदा सम्म धेरै पटक अदालत धाउनु र जरिवाना भोग्नु र तिर्नु पर्ने हुन्छ । यो त थियो सानो उदाहरण मात्र । यस्ता धेरै कुराहरु छन् जसमा केहि महत्वोपूर्ण कुराहरु जुन जापानमा बस्ने नेपालीहरूले साबधानी अपनाउनु पर्छ भन्ने बारेमा केही बुँधागत रूपमा प्रस्तुत गरिएको छ  । निम्न लिखित केशहरूमा नेपालीहरू जापानको प्रशासनको घेरामा बाधिएका छन :

- अर्काको होकेन ( इन्स्योरेन्स ) प्रयोग गर्ने ।
- अर्काको रेसिडेन्स कार्ड बोकि हिडने ।
- जापानमा दर्ता नभएका अबैधानिक फोन कार्ड प्रयोग गर्ने (किन्ने बेच्ने दुबै)
- अर्काको क्रेडिट कार्ड बोकि हिड्ने ।
- अर्काको भिषा देखाएर फोन निकाल्ने ।
- अर्काको भिषा देखाएर काम गर्ने ।
- नक्कली कार्डहरू बोकि हिडने तथा प्रयोग गर्ने ।
- नक्कली भिषा र कार्ड प्रयोग गरी काम गर्ने ।
- डिपेन्डेन्ट र बिद्यार्थीले २८ घण्टा भन्दा बढी काम गर्ने
- भिषा एउटा कम्पनीको तर काम अर्कै कम्पनिमा गर्ने ।
- चोरी ( १०० एनको क्याण्डी ,देखि लिएर लाखौ, करोडौं सम्मको सामान) ।
- पकेट मार्ने ।
- झै-झगडा , तोडफोड , मारपिट ।
- नक्कली विवाह ।
- अनैतिक सम्बन्ध ।
- लागू पदार्थ ओसार पसार एवं बिक्री बितरण ।
- अर्काको बारीमा लगाएको फलफूल साग सब्जी चोरी खाने ।
- कुकुरलाई लात्ती हान्ने ।
- राती हो-हल्ला गर्ने ।
- राती १० बजे पछि अर्कालाई फोन गरी डिस्टर्ब गर्ने ।
- जताभावी फोहोरफाल्ने ।
- ट्राफीक नियम बिपरीत बाटो काट्ने ।
- ओभर स्पीड गाडी चलाउने ।
- लाइसेन्स बिना गाडी चलाउने ।
- लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ।
 -ठगी गर्ने , दलाली गर्ने ।
- कन्ट्रयाक्ट पेपर अनुसार कामदार लाई तलब नदिने ।
- कामदारलाई ८ घण्टा भन्दा बढी काम लगाउँदा ओभर टाइमको पैसा नदिने ।
- पैसा खाएर काममा लगाउने ।
- पैसा ब्याजमा लेनदेन गर्ने।
- हुण्डी बाट बिदेश पैसा पठाउने ।
- जुवा तास खेल्ने खेलाउने ।
- अवैधिक यौन ब्यापार गर्ने ।
- दर्ता नगरी कम्पनि , संघ-संस्था खोल्ने ।
- टिकट छलेर ट्रेन चढ्ने ।
- बच्चाको डिसकाउन्ट ट्रेन पास कार्ड बाबु-आमाले प्रयोग गर्ने ।
- सार्बजनिक ठाउँमा दिसा-पिसाब गर्ने ।
- पुरानो र बिग्रेका साइकिलहरू जथाभावी फाल्ने, अर्काले फालेको साइकिल चढी हिडने।
- घर भाडा , पानी, बत्ती, ग्याँस , फोन , इन्स्योरेन्स को पैसा नतिर्ने ।
- ट्याक्स नतिर्ने ।
- जथाभाबी पार्किङ गर्ने ।
- भिड भएको ट्रेनमा महिलाहरूको गुप्ताङ्ग हरूमा हात लगाउने।
- जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने ।
- लोन कार्ड प्रयोग गरी पैसा फिर्ता नगर्ने ।
- अपहरण गर्ने , थर्काउने ।
- अर्कालाई मान हानी हुने गरी बोल्ने प्राइबेसी कुराहरू गर्ने ।
- अर्काले खसालेको सामान टिपेर पुलिसमा नबुझाइकन आफैले लिएर जाने ।
- झूटो विवाह गर्ने ।
- स्कूल तथा कलेज को होस्टल भनी यौन ब्यापार सेन्टर खोल्ने ।
- सामाजिक संजालमा(बिशेषगरी) अर्काको मान हानी गरी बिभिन्न लेखहरू लेख्ने ।  ( साइबरक्राइमगर्ने ) ।
- DV( Domestic Violence) गर्ने ( श्रीमतीलाई थर्काउने, पिट्ने) ।
- नेपालमा श्रीमती भएर पनि नक्कली कागजपत्र बनाई जापानमा अर्को विवाह गर्ने।
- एक ठाउँ बाट अर्को ठाउँमा बसाइँ सर्दा नियममा तोकिए अनुसार १५ दिन ​सम्म पनि ठेगाना परिवर्तन गर्न कुयाकुस्यो/ सियाकुस्यो नजाने , ​आदि ​​।

स्रोत:
545d0ef4777f9fde1b8f43e1fd642c15.png

 
Has invited:

To reply to a question, please Login or registered